logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


  • शनिबार, चैत्र ३ २०८०

  • काठमाडौँ । यो साता सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । इतिहासकै सबैभन्दा धेरै मूल्य कायम भएर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यो साता सुनको मूल्य तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर रोकिएको छ ।

    अहिलेसम्म नेपाली बजारमा सुनको कारोबार यति धेरै मूल्यमा भएको थिएन । यस्तै, सातामा तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँसम्म पुग्यो । यसबाहेक समग्रमा भने गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।गत साता शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ ।

    यो समग्रमा ४०० रुपैयाँको वृद्धि हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८०० रुपैयाँ कायम छ । यो साता नेपाली बजारमा आइतबार तोलामा १ हजारले बढेर १ लाख २६ हजार पुगेको थियो । यही मूल्यमा लगातार सोमबार र मंगलबार सुनको कारोबार भयो ।

    बुधबार तोलामा १ हजारले घटेको सुनको मूल्य बिहीबार ८०० रुपैयाँले बढेर शुक्रबार ४०० रुपैयाँले घट्यो । यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको महासंघले जनाएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ कायम थियो । यो साताको शुक्रबार बढेर १५ सय १५ रुपैयाँ कायम भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय