logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादी केन्द्रको विधान फाइनल, स्थायी कमिटीले दियो अन्तिम रुप

माओवादी केन्द्रको विधान फाइनल, स्थायी कमिटीले दियो अन्तिम रुप


  • शुक्रबार, चैत्र २ २०८०

  • काठमाडौँ । माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको विधान सम्पादनसहित पारित गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधानलाई अन्तिम रुप दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

    ‘अधिवेशनबाट मूल स्प्रिट त पहिले नै पास भएको हो । अहिलेचाहिँ हामीले विहङ्गम रूपमा त्यसलाई समृद्ध बनाउनका लागि छलफल भएको छ । छलफलपछि विधान सम्पादन सहित फाइनल भएको छ’, उनले भने । यसैगरी राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।

    दाहाल फागुन २९ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । बैठकले नेताको कार्याविभाजन, दुई चरणको अभियान लगायत विषयमा पनि निर्णय गरेकाे सचिव दीनानाथ शर्माले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय