काठमाडौं । लुम्बिनी प्रदेशसभाको अधिवेशन आज रातिबाट अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज राती १२ बजेबाट अधिवेशनको अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले एक सूचना जारी गर्दै चालू अधिवेशन आज राती १२ बजेबाट अन्त्य हुने जनाएका छन् ।
लुम्बिनी सभाको बैठक चैत ४ गते बस्ने तयारी थियो । सत्ता समीकरण फेरबदलसँगै सरकारले अधिवेशन अन्त्य गर्नका लागि बिहीबार प्रदेश प्रमुखलाई पत्राचार गरेको थियो । सोही आधारमा प्रदेश प्रमुख शेरचनले अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेशमा यसअघि यो अधिवेशन जम्मा ३ वटा मात्रै बैठक बसेका छन् ।