logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

साधना थिएटरमा डान्स फिवरको ‘रिफन्ड’

साधना थिएटरमा डान्स फिवरको ‘रिफन्ड’


  • शुक्रबार, चैत्र २ २०८०

  • काठमाडौँ । ओस्कार इन्टरनेशनल कलेजको साधना थिएटरमा नाटक ‘रिफन्ड’ प्रदर्शन भइरहेको छ ।  डान्स फिवरको प्रस्तुति ‘रिफन्ड’ गत फागुन २७ गते देखि प्रदर्शन भइरहेको हो । नाटक दैनिक ३ देखि ५ सोमा देखाइएको छ । नाटक देखाइने अन्तिम दिन आगामी आइतबारसम्म रहेको डान्स फिवरकी प्रबन्ध निर्देशक निस्मा घिमिरेले जानकारी दिइन् ।

    ११ कक्षाको अनिवार्य अङ्ग्रेजी विषयमा रहेको नाटक हुँदा ११ कक्षा पढ्ने विद्यार्थीहरूले विशेष रूपमा यो नाटक हेर्न प्रबन्ध निर्देशक घिमिरेले आव्हान गरेकी छिन् । नाटकमा निजी विद्यालयको बेतिथि र शैक्षिक बेरोजगारको कथा समेटिएको छ । संगम विष्टले उत्पादन गरेको नाटकमा जीवन बस्नेत, विशाल रिजाल, निक्रित श्रेष्ठ, योगेन्द्र राना, इशा सिजाली, झलनाथ खत्री, युदिप सिटौला र  अमृत घिमिरेको अभिनय रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय