logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

फूलको बिउ उत्पादनका लागि प्रयोगशाला सञ्चालन हुने

फूलको बिउ उत्पादनका लागि प्रयोगशाला सञ्चालन हुने


  • बिहिबार, चैत्र १ २०८०

  • काठमाडौँ । नेपालमा आगामी महिनाबाट फूलको बिउ उत्पादनका लागि प्रयोगशाला सञ्चालन हुने भएको छ । आगामी महिनादेखि ‘टिस्यु कल्चरको ल्याब’ बाट फूलको बिउ उत्पादन हुने भएको हो । बिहीबार भृकुटीमण्डपमा चार दिने पुष्प मेलाको उद्घाटन गर्दै पुष्प विकास केन्द्रका अध्यक्ष रवीन्द्र थापाले प्रयोगशालाको तयारी अन्तिम चरणमा रहेको बताए । ‘टिस्यु कल्चर ल्याबको लगभग तयारी पुरा  भएको छ’ उनले भने, ‘आगामी महिनाबाट सो ल्याब सञ्चालन गर्छौँ ।’

    हाल नेपालमा उत्पादन हुने फूलको बिउ अधिकांश आयातित रहेको उनको भनाइ थियो ।  २५ औँ फ्लोरा एक्पो ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ बिहीबारदेखि ४ गतेसम्म सो मेला जारी हुनेछ । मेलामा सर्वसाधारणलाई १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजकले उल्लेख गरेको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा सो मेला आयोजना गरिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय