logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

खानेपानी मर्मत आयोजनामा भ्रष्टाचार हुँदा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी मर्मत आयोजनामा भ्रष्टाचार हुँदा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • बिहिबार, चैत्र १ २०८०

  • काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोग बिहीबार विशेष अदालत काठमाडौँमा ९ जनाविरुद्ध राज्यलाई गैरकानूनी लाभ तथा हानी र्पुयाई भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो।

    आर्थिक वर्ष २०७४/७५ मा चंखेली गाउँपालिका–३ स्थित ब्याफु खानेपानी मर्मत योजना गर्दा भए गरेको काम भन्दा पाँच लाख १५ हजार बढी भुक्तानी भएको आयोगको अनुसन्धनबाट खुलेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

    उनका अनुसार तत्कालीन अध्यक्ष चौलागाई, प्रमुख प्रशासकीय अधिकृत शाहीसँगै इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर र सबइन्जिनियर हर्कधन बुढा, वडा अध्यक्ष सालीग्राम ऐडी, उपभोक्ता समितिका अध्यक्ष बालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाअध्यक्ष विरकुल्ली बुढाविरुद्ध पनि मुद्दा दायर गरेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय