logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

उदयपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ जना घाइते

उदयपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ जना घाइते


  • बिहिबार, चैत्र १ २०८०

  • विराटनगर । धरानबाट भोजपुरका लागि छुटेको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उदयपुर प्रहरीका अनुसार को १ ज २५९३ नम्बरको जिप उदयपुरको बेलका–७ मैनामनीस्थित चेङ्ग्रे भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

    अहिलेसम्म ६ जनाको मृत्यु भएको र घाइते ७ जनाको उद्धार भएको उदयपुरको प्रहरी कार्यलयले जनाएको छ । घाइतेको उद्धार गरी उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

    बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय