logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल काँग्रेसले आफूलाई धोकेवाज भनेकोप्रति रिसाए

प्रधानमन्त्री पुष्पकमल दाहाल काँग्रेसले आफूलाई धोकेवाज भनेकोप्रति रिसाए


  • बुधबार, फाल्गुन ३० २०८०

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले काँग्रेसले आफूलाई धोकेवाज भनेकोप्रति रिसाएका छन् । प्रतिनिधिसभामा बुधबार विश्वासको मत लिने तयारीमा रहेका प्रचण्डले काँग्रेसप्रति आक्रोस पोखेका हुन्।

    काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधनको क्रममा प्रचण्डले गठबन्धन तोडेर धोका दिएको बताएका थिए। त्यसको जवाफ दिँदै प्रचण्डले धोकेबाज भन्दा आफूलाई रिस उठ्ने बताए। प्रचण्डले आफूले काँग्रेसबाट पनि विश्वासको मतको आस गरेको बताए ।

    उनले भने,‘म त चाहन्थे काँग्रेसले यो पटक पनि समर्थन गरिदिए हुन्थ्यो तर छाँट देखिएन केहि छैन । मैले धैरै जोखिम मोल्दै आएको छु आजको यो पनि एउटा जोखिम हो। विरोध गरेजस्तो गरेर समर्थन गर्नुभन्दा समर्थन गरेपछि पुरै समर्थन गरिदिए हुन्थ्यो भन्ने मेरो चाहना हो।’ एमालेसँग उच्च लेभलको युनिटि भएको प्रचण्डले दाबी गरे।


    सम्बन्धित समाचार थप

    लोकप्रिय