logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

प्रधानमन्त्रीसँग विश्वास मरेको छैन, विश्वासको मत दिन्छु : स्वतन्त्र सांसद मण्डल

प्रधानमन्त्रीसँग विश्वास मरेको छैन, विश्वासको मत दिन्छु : स्वतन्त्र सांसद मण्डल


  • बुधबार, फाल्गुन ३० २०८०

  • काठमाडौँ । सांसद योगेन्द्र मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा विश्वासको मत दिने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डप्रति देश विकासको विश्वास नमरेकाले आफूले समर्थन गर्ने मण्डलको भनाइ छ ।

    ‘मैले आसले अहिले पनि प्रधानमन्त्रीज्युले मलाई जुन कुरा भन्नुभएको थियो अहिले पनि मेरो विश्वास मरेको छैन । त्यसैले मेरो समर्थन रहन्छ’, मण्डलको भनाइ छ । उनले एक अर्कालाई दोष दिने काम बन्द गरेर सांसदहरुले जनताका काम गर्नुपर्ने बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय