logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


  • बुधबार, फाल्गुन ३० २०८०

  • काठमाडौँ । एक महिनाको अवधिमा सुनको मूल्य प्रतितोला ७ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन महिनाको १ गतेदेखि ३० गतेसम्मको अवधिमा सुनको मूल्य प्रतितोला ७ हजार ३०० रुपैयाँले बढेको हो । यो महिनाको १ गते छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ थियो ।

    जुन, आज ३० गते १ लाख २५ हजार रुपैयाँ कायम भएर कारोबारमा आएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, १ गते तोलामा १ लाख १७ हजार १५० रहेको तेजाबी सुनको मूल्य आज १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । यो महिना नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान नै कायम गर्‍यो । फागुन २७ गते सुनको मूल्य तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेको थियो । यो मूल्य तीन दिनसम्म स्थिर कायम भयो ।

    नेपाली बजारमा अहिलेसम्म सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुगेको थिएन । यस्तै, यो महिना चाँदीको मूल्य ७० रुपैयाँले बढेको छ । महिनाको सुरुवातमा १३ सय ९५ रुपैयाँ कायम चाँदीको मूल्य अन्तिममा १४ सय ६५ रुपैयाँ कायम हुँदै कारोबार भइरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय