logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेसका शर्मालाई अध्यक्षमा निर्वाचित गरियाेस् भन्ने प्रस्ताव अस्वीकृत

कांग्रेसका शर्मालाई अध्यक्षमा निर्वाचित गरियाेस् भन्ने प्रस्ताव अस्वीकृत


  • मंगलबार, फाल्गुन २९ २०८०

  • काठमाडौं- राष्ट्रियसभा अध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका युवराज शर्मालाई अध्यक्षमा निर्वाचित गरियाेस् भन्ने प्रस्ताव अस्वीकृत भएकाे छ। उनकाे  पक्षमा १७ मत परेको छ।

    मंगलबार जारी राष्ट्रियसभा बैठकमा शर्माको पक्षमा १७ मत खसेको हो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समेत साथ पाएका शर्माले १७ मत प्राप्त गरेका हुन्। उनलाई नेपाली कांग्रेसका १६ र लोसपाका १ जना मात्रै सांसदले मतदान गरेका छन्।

    शर्माकाे विपक्षमा मतदान गर्ने सांसदको संख्या ३९ रहेको छ। यता, अर्का उम्मेदवार नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहालको पक्षमा खसेको मतबारे निर्णय आउन बाँकी छ।राष्ट्रियसभाको आज भएको निर्वाचनमा जम्मा ५६ मत खसेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय