logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जसपा संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीलाई विश्वासकाे मत दिनेबारे निर्णय गर्ने

जसपा संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीलाई विश्वासकाे मत दिनेबारे निर्णय गर्ने


  • मंगलबार, फाल्गुन २९ २०८०

  • काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आह्वान गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार प्रतिनिधिसभाबाट लिन लागेकाे विश्वासको मतलगायत विषयमा छलफल र निर्णय गर्नका लागि आज अपराह्न ४ बजे सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो।

    सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारीअनुसार आजको बैठकले वर्तमान सरकारमा पार्टीको उपस्थितिका साथै सरकारलाई विश्वासको मत दिनेलगायत विषयमा निर्णय गर्नेछ।

    प्रधानमन्त्री दाहाललाई यसअघि विश्वासको मत दिएको नेपाली कांग्रेसले सो मत फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले भोलि संसदबाट विश्वाको मत लिने कार्यक्रम छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय