logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पुष्पकमल दाहाल प्रचण्ड , केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल

पुष्पकमल दाहाल प्रचण्ड , केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल


  • मंगलबार, फाल्गुन २९ २०८०

  • काठमाडौँ – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले बुधबार सङ्घीय संसदमा लिन लिन लागेको विश्वासको मत, आजका लागि तय भएको राष्ट्रियसभा अध्यक्षको निर्वाचनलगायतका विषय रहेका थिए। समाजवादीले राष्ट्रियसभा चुनाव र विश्वासको दिनुअघि आफूले अघि सारेको विषयमा लिखित प्रतिबद्धता जनाउनुपर्ने बताएपछि तीन नेताबीच छलफल भएको हो। तीन नेताको छलफलपछि जसपासहितका सांसदहरुसहितको बैठक बानेश्वरमा बसेको थियो ।

    बैठकले गठबन्धनका उम्मेदवार नारायण दाहाललाई निर्वाचित गर्ने निर्णय गरेको छ।फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय