logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रचण्डलाई विश्वासको मत नदिने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रचण्डलाई विश्वासको मत नदिने


  • मंगलबार, फाल्गुन २९ २०८०

  • काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ । लोसपाको हिजो बसेको संसदीय दलको बैठकले संसदमा प्रतिपक्षको भूमिका रहने निर्णय गर्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा रहेको वर्तमान सरकारको विपक्षमा मत हाल्ने निर्णय गरेको छ ।

    साथै आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवारलाई मतदान गर्ने लोसपाले निर्णय गरेको छ । काँग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको छ । लोसपासँग राष्ट्रिय सभामा एक जना  र प्रतिनिधि सभामा चार जना सांसद छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय