logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दार्चुलामा फरार थुनुवा पक्राउ गर्न गएका प्रहरी जवानको लडेर मृत्यु

दार्चुलामा फरार थुनुवा पक्राउ गर्न गएका प्रहरी जवानको लडेर मृत्यु


  • सोमबार, फाल्गुन २८ २०८०

  • काठमाडौँ । दार्चुलामा फरार थुनुवा पक्राउ गर्न गएका प्रहरी जवानको लडेर मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका–४ स्थित भिरालो ठाउँमा लडेर प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रज्वल महर्जनले  बताए ।

    सोहन चौधरी हिरासतबाट भागेका थुनुवा खोज्न खटिएका हुन् । जबरजस्ती करणी र ज्यान मार्ने उद्योगका थुनुवा उमेश सिंह कुँवरलाई पक्राउ गरेर ल्याउँदै गर्दा लडेर प्रहरी जवानको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक महर्जनले जानकारी दिए ।

    फागुन २१ मा पक्राउ परेका २३ वर्षीय कुँवर हिरासतबाट प्रहरीको आँखा छलेर भागेका थिए । ड्युटीको क्रममा ज्यान गुमाउने प्रहरी जवान कैलालीको कैलारी गाउँपालिकाका स्थानीय हुन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय