logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्रियसभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

राष्ट्रियसभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता


  • सोमबार, फाल्गुन २८ २०८०

  • काठमाडौँ । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका  बेदुराम भुसाल रहेका छन् ।  त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् । राष्ट्रियसभा अध्यक्षको मतदान मंगलबार हुँदैछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय