logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रक्सी सेवन गरेको सुरमा श्रीमतीद्वारा श्रीमानको हत्या

रक्सी सेवन गरेको सुरमा श्रीमतीद्वारा श्रीमानको हत्या


  • आइतबार, फाल्गुन २७ २०८०

  • काभ्रे । श्रीमानको हत्या गरेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन् । नमोबुद्ध नगरपालिका(५ कानपुर बस्ने ५९ वर्षीय धनवीर दमाईलाई लट्ठी प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ४० वर्षीया कमला परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    कमलाले मादक पदार्थ सेवन गरी लट्ठी प्रहार गर्दा धनवीरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय