logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गणतन्त्र आदर्शविहीन सत्तालोलुप व्यवस्था प्रमाणित: कमल थापा

गणतन्त्र आदर्शविहीन सत्तालोलुप व्यवस्था प्रमाणित: कमल थापा


  • शनिबार, फाल्गुन २६ २०८०

  • काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र आदर्शविहीन सत्तालोलुप व्यवस्था प्रमाणित भएको बताएका छन्।पार्टी पदाधिकारी र क्षेत्रीय समन्वय समितिका अध्यक्षहरूसँग भएकाे भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले १४ महिनामा ४ वटा गठबन्धन, १३ पटक मन्त्रिपरिषद पुनर्गठन, ४३ जना मन्त्री यसको प्रमाण भएको समेत बताए।

    ‘के यस्तै लोकतन्त्रको लागि हो राजा हटाएको हो?’ भन्ने प्रश्न गर्दै थापाले
    यस किसिमको अस्थिरता र ब्रम्हलुटले देशको आर्थिक विकास नहुने र वैदेशिक लगानी पनि नभित्रने दाबी गरे।नेताहरूको यस्तै प्रवृत्तिको कारण राज्यप्रति जनताको भरोसा टुटेको टिप्पणी गर्दै उनले संंधैको लागि देश छोडेर जाने लहर बढेको प्रति राज्य उदासिन भएको समेत आरोप लगाए।

    राप्रपा नेपालले संगठन निर्माण र आन्दोलनलाई संगै लैजानु पर्ने आवश्यकता रहेको भन्दै थापाले अहिलेको संघीय धर्मनिरपेक्ष गणतान्त्रिक व्यवस्थाकाे अन्त्यबिना देश सुरक्षित हुननसक्ने समेत विचार व्यक्त गरे।हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको बाटोबाट अघि बढ्नुपर्ने भन्दै थापाले आन्दोलन गर्न विचार मिल्नेहरूबीच तत्काल मोर्चा बनाउनु पर्नेमा जोड दिए।बैठकमा ७ क्षेत्रका क्षेत्रीय समन्वय समितिका अध्यक्षहरू, उपाध्यक्ष तथा महामन्त्रीहरूले भावी कार्यक्रम र कार्य प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय