logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक

लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक


  • शुक्रबार, फाल्गुन २५ २०८०

  • काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न सो पार्टीले पदाधिकारी बैठक बोलाएको हो । लोसपाका महासचिव डा.सुरेन्द्र झाले महोत्तरीमा फागुन ३० गतेदेखि चैत २ गतेसम्म बस्ने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको बताए ।

    बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भातृ संगठन, राजनीतिक दस्तावेजलगायतका विषयमा छलफल गर्ने जनाइएको छ । पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल गठन गरेको थियो । ती कार्यदलले आ–आफ्नो प्रतिवेदन तयारी गरिसकेका छन् । पदाधिकारी बैठकमा ती प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय