logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुन तस्कर चिनियाँ नागरिकलाई नागरिकता दिलाउने अधिकृत पक्राउ

सुन तस्कर चिनियाँ नागरिकलाई नागरिकता दिलाउने अधिकृत पक्राउ


  • बिहिबार, फाल्गुन २४ २०८०

  • काठमाडाैँ- सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले एक अधिकृत पक्राउ  गरेकाे छ। हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र अर्याललाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ।

    अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ। अर्याल  चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा नासु पदमा कार्यरत थिए।

    उक्त घटनामा सीआईबी ले अनुसन्धान गरिरहेको छ। उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय