logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

झापाको दमकमा भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर खुल्यो

झापाको दमकमा भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर खुल्यो


  • बुधबार, फाल्गुन २३ २०८०

  • काठमाडौँ । भाटभटेनी सुपर मार्केटको २७ औं स्टोर झापाको दमकमा खुलेको छ । दमक नगरपालिका–९ चियादोकान चोकमा भाटभटेनी सुपरमार्केटको उक्त स्टोर खोलिएको कम्पनीले जानकारी दिएको छ ।

    बुधवार एक समारोहकाबिच भाटभटेनीका प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ र श्रीमती साबित्री गुरुङले संयुक्त रुपमा उक्त स्टोरको उद्घाटन गरेका हुन् ।  स्टोर उद्घाटन गर्दै प्रबन्ध निर्देशक गुरुङले शुभचिन्तक, आम उपभोक्ता महानुभावहरुको मायाको प्रतिफलकै कारण दमकमा पनि भाटभटेनी स्टोर खुल्न सकेको र आजबाट उक्त स्टोरमार्फत सेवाग्राहीलाई विशेष छुटसहित उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

    केही समयअघिसम्म काठमाडौँ केन्द्रित भाटभटेनीले पछिल्लो समय देशै भरीका मुख्य मुख्य सहरमा आफ्नो आटलेट स्टोर विस्तार गरिरहेको छ । यसैको निरन्तरता पछिल्लो पटक झापाको दमकमा कम्पनीले आफ्नो २७ औं स्टोर खोलेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय