logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै


  • मंगलबार, फाल्गुन २२ २०८०

  • काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

    त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी(२० आई सिरिजको उपाधि जित्न चाहन्छ ।

    नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो ।

    २०२२ को त्रिकोणात्मक टी–२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय