logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

निजामती कर्मचारीको अवकास उमेर ६० वर्ष प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता हुँदै

निजामती कर्मचारीको अवकास उमेर ६० वर्ष प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता हुँदै


  • आइतबार, फाल्गुन २० २०८०

  • काठमाडौँ ।  निजामती विधेयक प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट टुंगो लागेको छ । विधेयक आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्राप्त गरेको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराइले रातोपाटीलाई जानकारी दिए । विधेयक आजै संसद सचिवालयमा दर्ता हुने सम्भावना छ । ‘प्रक्रिया चलिरहेको छ’ भट्टराइले भने ।

    विधेयक २०७५ साल माघमा पहिलो पटक संसद्‍मा दर्ता भएको भएको थियो । २०७७ असारमा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको थियो । तर, सो विधेयक प्रतिनिधि सभामा पेस भएपनि छलफल मै नआई निष्क्रिय भएको थियो । विधेयकले कर्मचारी समायोजनमा सहजता थप्ने विश्वास गरिएको छ । विधेयकमा निजामती सेवाको अवकास उमेर ५८ वर्षबाट ६० प्रस्ताव गरिएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक अहिलेसम्म संसद सचिवालयमा दर्ता नभएको जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय