logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कर्तव्य ज्यान गरी फरार रहेका सुवाल मृतकको मोबाइलसहित पक्राउ

कर्तव्य ज्यान गरी फरार रहेका सुवाल मृतकको मोबाइलसहित पक्राउ


  • आइतबार, फाल्गुन २० २०८०

  • काठमाडौँ । कर्तव्य ज्यान गरी फरार रहेका भक्तपुरका सन्तोष सुवाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार  तेह्रथुम घर भई हाल भक्तपुर बस्दै आएका बर्ष ३३ का गोपाल ढकालको हत्यामा सम्लग्न देखिएकोले सुवाललाई पक्राउ गरिएको हो । सूर्यविनायक जङ्गलमा रु दुई लाख  लिई आउनु भनी बोलाएर ढकालको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको थियो ।

    ढकालको शव गत फागुन ११ गते  सुर्यबिनायक  स्थित रोधन बस्नेतको गोठमा फेला परेको थियो ।सुवाललाई  काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका ६ बाट शनिबार पक्राउ गरिएको हो ।  मृतकको मोबाइलसहित पक्राउ परेका सुवाललाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको  छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय