logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

२७ दिनमा सकियो फिल्म ईश्वरको छायाँकन

२७ दिनमा सकियो फिल्म ईश्वरको छायाँकन


  • शनिबार, फाल्गुन १९ २०८०

  • काठमाडौँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ को सम्पूर्ण छायाँकन  २७ दिनमा सकिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्मको मुख्य भूमिकामा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि लामा, शिशिर बाङ्देल, सबिन बास्तोला र गीता अधिकारीको अभिनय रहेको छ ।

    दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रेहेको फिल्ममा अर्जुन पोखरेल राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ । फिल्मको  सम्पूर्ण छायाँकन पोखरा र हेम्जाकोटमा गरिएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय