logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नामिबियामाथि नेपालको रोमाञ्चक जित

नामिबियामाथि नेपालको रोमाञ्चक जित


  • शुक्रबार, फाल्गुन १८ २०८०

  • काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको रोमाञ्चक खेलमा नेपाल विजयी भएको छ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एकसय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो ।

    अन्तिम ओभरमा करण केसीले कसिलो बलिङ गरेपछि नेपालको जित सम्भव भएको थियो । नेपाली टोलीका बलर करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । अर्को एक विकेट अविनाष बोहराले लिएका थिए । नामिबियाका लागि कप्तान जोनाथन स्मितले अर्धशतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । जन फ्राइलिंकले ३७ र कोट्जीले २५ रन जोडे । जेन ग्रिन २३ रनमा अविजित रहे । नामिबियाले अतिरिक्त रुपमा ११ रन पायो ।

    पहिले ब्याटिङ गरेको नेपालका लागि भने कुशल मल्लले अर्धशतकीय पाली खेलेका थिए । उनले अविजित ५५ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ३७ बलको सामना गरी चार छक्का र एक चौका हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा अर्धशतक पुरा गरेका थिए । १९ वर्षीय कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रियमा एउटा शतक पनि बनाएका छन् ।

    कुशल मल्लाका अतिरिक्त नेपालका लागि आरिफ शेखले पनि ३१ रनको योगदान गरे । गुलसन झाले पनि २६ रन बनाए । ओपनर अनिल साहले २३ रन बटुले । दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन जोडे । प्रतिस जिसी एक रनमा अविजित रहे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय