logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

बागमती प्रदेशमा बजेटको विषयमा एउटा विशेष समिति गठन गर्न

बागमती प्रदेशमा बजेटको विषयमा एउटा विशेष समिति गठन गर्न


  • बिहिबार, फाल्गुन १७ २०८०

  • काठमाडौँ । बागमती प्रदेशमा बजेटको विषयमा देखिएको विवाद समाधान गर्नका लागि एउटा विशेष समिति गठन गर्न दलहरू सहमत भएका छन् । बिहीबार दलहरूबिच भएको छलफलमा यो सहमति भएको हो ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मुख्य सचेतक मधुसूदन पौडेलका अनुसार विवाद समाधानका लागि सबै दलहरूको प्रतिनिधित्व हुने गरी आजै एउटा समिति गठन गर्ने सहमति भएको छ । समितिले यसबारे अध्ययन गरेर फागुन २९ गते संसद्मा प्रतिवेदन बुझाउनुपर्नेछ । समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिइने पौडेलले  जानकारी दिए ।

    दलहरूबिच सहमति बनेसँगै बागमती प्रदेश सभाको बैठक बस्ने तयारी गरिएको छ । बैठक बिहान साढे ११ बजेलाई बोलाए पनि बस्न सकेको थिएन । आजको बैठकले समितिका सदस्यहरू पनि चयन गर्ने पौडेलको भनाई छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय