logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • बुधबार, फाल्गुन १६ २०८०

  • काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले घट्दै १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको हो ।

    यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने आज तोलमा ५ रुपैयाँले मात्र घट्दै १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय