logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जिल्ला प्रशासन कार्यालय ललितपुर अगाडि किसानले पोखे दुध

जिल्ला प्रशासन कार्यालय ललितपुर अगाडि किसानले पोखे दुध


  • मंगलबार, फाल्गुन १५ २०८०

  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुर अगाडि किसानले दूध पोखेर विरोध गरेका छन् ।  ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेडले दुग्ध उत्पादक किसानको ११ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउने क्रममा ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि किसानले दुध पोखेका हुन् । उनीहरूले ८० लिटर दुध सडकमा पोखेको बताइएको छ ।

    जिल्लामा ६३ वटा संस्थाहरू आबद्ध भई ६ हजार सदस्य तथा १५ हजार कृषक दुग्ध उत्पादनमा आबद्ध छन् । जिल्लामा मासिक साढे १ लाख लिटर दुध उत्पादन हुँदै आएको संघले जनाएको छ । मासिकरुमा ७० हजारदेखि ७५ हजार लिटर दुध बिकी हुँदैमा १५ करोड बढी आम्दानी हुने गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय