logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

रुपन्देहीमा आगो ताप्ने क्रममा जलेर मृत्यु

रुपन्देहीमा आगो ताप्ने क्रममा जलेर मृत्यु


  • मंगलबार, फाल्गुन १५ २०८०

  • काठमाडौँ । रुपन्देहीको कञ्चन गाउँपालिका-१ सानो उकाली बस्ने ७९ वर्षीया मन कुमारी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आफ्नै घरमा आइतबार साँझ आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर गम्भीर घाइते भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा गएराति मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    उता तनहुँको भानु नगरपालिका-१३ पोखरीछाप बस्ने ५० वर्षीया सुकुली मियाको घरमा सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय