logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जनक बर्तौलामाथि आक्रमण गर्ने मुख्य योजनाकार कारागार चलान

जनक बर्तौलामाथि आक्रमण गर्ने मुख्य योजनाकार कारागार चलान


  • मंगलबार, फाल्गुन १५ २०८०

  • काठमाडौँ । जनक बर्तौलालाई आक्रमण गर्ने मुख्य योजनाकार क्रान्ति बराइली उर्फ निलम विश्वकर्मालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँले मोरङको कानेपोखरी नगरपालिका–४ घर भएका ३५ वर्षीय विश्वकर्मालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो ।

    अदालतको अदेशसँगै उनलाई सुनधारास्थित केन्द्रीय कारागार चलान गरिएको छ । कार्तिक २२ मा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सदस्य जनक बर्तौलामाथि आक्रमण भएको थियो । आक्रमणको मुख्य योजनाकार  निलम विश्वकर्मा रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो मुद्दामा यसअघि बाँकेका शेरबहादुर थारु, आशिष लामिछाने र झापाका टेक बहादुर प्रधान पक्राउ परेका थिए ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय