logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

बीवाईडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ योजना, ११ जनाले मैदानमै पुगेर खेल हेर्न सक्ने

बीवाईडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ योजना, ११ जनाले मैदानमै पुगेर खेल हेर्न सक्ने


  • मंगलबार, फाल्गुन १५ २०८०

  • काठमाडौँ । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘नेपाली अब यूरो कपमा’ योजना ल्याएको छ ।​ यस योजनाअन्तर्गत फुटबलप्रेमी नेपालीहरूले जर्मनीमा हुने ‘यूईएफए यूरो २०२४’लाइभ हेर्न पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यूईएफए यूरो २०२४ का खेलहरू १४ जुनदेखि १४ जुलाईसम्म जर्मनीका विभिन्न फुटबल मैदानमा हुँदैछन् ।​

    ११ जना ‘लक्की’ ग्राहकले मैदानमै पुगेर खेल हेर्न सक्ने साइमेक्स इंकले ​जनाएको छ । विश्वको प्रमुख न्यू इनर्जी भेहिकल (एनईभी–ईभी) निर्माता बीवाईडी यूईएफए (युनियन अफ युरोपियन फुटबल एसोसियसन) युरोपियन फुटबल च्याम्पियनसिप २०२४ को आधिकारिक ईमोबिलिटी पार्टनर बनेको छ ।​​​​​​ बीवाईडीले इतिहासमै पहिलोपटक यूईएफएसँग साझेदारी गरेको हो ।​​


    सम्बन्धित समाचार थप

    लोकप्रिय