logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नक्कली नोटसहित दुई किशोर पक्राउ

नक्कली नोटसहित दुई किशोर पक्राउ


  • आइतबार, फाल्गुन १३ २०८०

  • काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर भएका १९ वर्षीय साजन वाइबा रहेका छन् ।

    प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कमललाई १ हजार दरको ३ थान उक्त नोटसहित पक्राउ गरेको र थप अनुसन्धान गर्ने क्रममा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-१२ निलो माइक्रो पार्कबाट साजनलाई समेत १ हजार दरको ३ थान उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय