logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कर्मचारी सञ्चय कोषले ३० जना स्थायी कर्मचारी माग

कर्मचारी सञ्चय कोषले ३० जना स्थायी कर्मचारी माग


  • शनिबार, फाल्गुन १२ २०८०

  • काठमाडौँ । कर्मचारी सञ्चय कोषले ३० जना स्थायी कर्मचारी माग गरेको छ । कोषले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धकमा एक–एक जना, सहायक प्रबन्धकमा १२ तथा कानुन र सिस्टमतर्फ एक–एक जना र प्रमुख सहायकमा १३ जना कर्मचारी माग गरेको हो ।

    तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (फागुन ११ गते) ले २१ दिनभित्र तथा दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत दरखास्त आवेदन दिनुपर्नेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय