logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भारतमा ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु

भारतमा ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु


  • शनिबार, फाल्गुन १२ २०८०

  • काठमाडौँ । भारतको उत्तर प्रदेशको कासगञ्जमा ट्याक्टर दुर्घटना  हुँदा १५ जनाको मृत्यु भएको छ । गङ्गामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिएर भएको दुर्घटनामा परि ७ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।

    सुरक्षा अधिकारीका अनुसार दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो । अन्य चार बालबालिकाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय