logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

महासचिव पाण्डेयको नागरिकता र पासपोर्टबारे सांसदले उठाए प्रश्न

महासचिव पाण्डेयको नागरिकता र पासपोर्टबारे सांसदले उठाए प्रश्न


  • शुक्रबार, फाल्गुन ११ २०८०

  • काठमाडौँ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानीबारे प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रश्न उठाएका छन् । शुक्रवारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले महासचिव पाण्डेयको नागरिकता र राहदानीबारे प्रश्न उठाएका हुन् ।

    सापकोटा र बजगाईँ सत्तारुढ सांसद हुन् । बैठकमा सांसद सापकोटाले संघीय संसद्का महासचिव पाण्डेयका तीन वटा नागरिकता र दुई वटा पासपोर्ट रहेको विषय संसद्‍मा औपचारिक रूपमा उठ्नुपर्ने भन्दै प्रतिपक्ष दलका सांसदहरूले त्यसमा किन ध्यान नदिएको भन्दै व्यङ्ग्य गरे । ‘संसद्का महासचिवका तीन वटा नागरिकता र दुई वटा पासपोर्ट पनि तपाईंहरूले उठाएका कुरामा थप्नुहोस् !’, सापकोटाले विपक्षी दलका सांसदहरुलाई लक्षित गर्दै प्रश्न गरे, ‘संसद्‍का महासचिवको तीन वटा नागरिकता छ, दुई वटा पासपोर्ट छ तपाईंहरूले त्यो थप्नुहुन्न ?,’

    ‘संसद्का महासचिवका तीन वटा नागरिकता र दुई वटा पासपोर्ट पनि तपाईंहरूले उठाएका कुरामा थप्नुहोस् !’, सापकोटाले विपक्षी दलका सांसदहरुलाई लक्षित गर्दै प्रश्न गरे, ‘संसद्‍का महासचिवको तीन वटा नागरिकता छ, दुई वटा पासपोर्ट छ तपाईंहरूले त्यो थप्नुहुन्न ?,’


    सम्बन्धित समाचार थप

    लोकप्रिय