logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

चन्द्रमाको सतहमा पहिलोपटक निजी कम्पनीको यान, अमेरिकाको ५० वर्षको अनुपस्थिति अन्त्य

चन्द्रमाको सतहमा पहिलोपटक निजी कम्पनीको यान, अमेरिकाको ५० वर्षको अनुपस्थिति अन्त्य


  • शुक्रबार, फाल्गुन ११ २०८०

  • वासिङ्टन डिसी । एक अमेरिकी कम्पनी चन्द्रमामा अन्तरिक्ष यान अवतरण गराउने पहिलो व्यावसायिक कम्पनी बनेको छ । ह्युस्टनमा रहेको इन्ट्युसिभ मेसिन्सले शुक्रबार ओडेसस रोबोटलाई चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गराउन सफल भएको हो ।

    फ्लाइट डाइरेक्टर टिम क्रेनले आफ्नो उपकरण चन्द्रमाको सतहमा अवतरण गरेको पुष्टि गर्दै सङ्केतहरू प्राप्त गर्न सुरु गरेको जानकारी दिए । क्रेनले यो घोषणा गरेपछि कम्पनीका कर्मचारीहरूले ताली बजाउँदै खुसीयाली मनाएका थिए ।

    कुनै व्यावसायिक कम्पनीका लागि मात्र नभएर अमेरिकाको अन्तरिक्ष कार्यक्रमका लागि पनि यो महत्त्वपूर्ण पल थियो । योसँगै चन्द्रमाको सतहमा अमेरिकाको ५० वर्षको अनुपस्थिति अन्त्य भएको छ । अमेरिकाले पछिल्लोपटक सन् १९७२ मा एपोलो मिसन अन्तरगत अन्तरिक्ष यानलाई चन्द्रको सतहमा अवतरण गराएको थियो ।

    ओडेसस रोबोट अवतरण गरेको स्थान मालापर्ट नामक पहाडी क्षेत्र नजिक रहेको छ । कुनै पनि अन्तरिक्ष यान पुगेको चन्द्रमाको यो सबैभन्दा दक्षिणी भेग हो । आर्टेमिस कार्यक्रमअन्तर्गत नासाले यो दशक अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा पठाउने योजना बनाएको सम्भावित ठाउँहरूमा यो स्थान पनि पर्दछ ।

    यो क्षेत्रमा गहिरो क्रेटर खाडल हरू रहेका छन् जहाँ कहिले पनि सूर्यको किरण पर्दैनन् । सधैँ अन्धकार रहने क्षेत्रमा जमेको पानी हुनसक्ने वैज्ञानिकहरूको अनुमान रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय