logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आर्यन बाहिरिएसँगै ‘रुमानी रंगहरु’मा साम्राज्ञीको जोडी बन्न धिरजको इन्ट्री

आर्यन बाहिरिएसँगै ‘रुमानी रंगहरु’मा साम्राज्ञीको जोडी बन्न धिरजको इन्ट्री


  • बिहिबार, फाल्गुन १० २०८०

  • काठमाडौ । फिल्म ‘रुमानी रंगहरु’बाट नायक आर्यन अधिकारी बाहिरिएका छन् । आर्यन बाहिरिएपछि फिल्ममा नायक धिरज मगरको प्रवेश भएको छ ।

    यो फिल्मको सुरुवातमा आर्यन र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएका थिए । निर्माणपक्षले आर्यन र साम्राज्ञीले जोडी बाँध्न लागेको घोषणा पनि गरेको थियो ।

    अनिल योञ्जनको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा हरी लामा ठकुरी र जीएम ठकुरीको लगानी रहनेछ ।

    फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा हुनेछ । यो फिल्मलाई रोमान्टिक कमेडी कथामा तयार गर्न लागिएको हो ।

    साम्राज्ञी र धिरजले फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ एकसाथ काम गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय