logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

तेलकाे ट्यांकरमा ६०० केजी गाँजा तस्करी , एक भारतीयसहित ४ जना पक्राउ

तेलकाे ट्यांकरमा ६०० केजी गाँजा तस्करी , एक भारतीयसहित ४ जना पक्राउ


  • मंगलबार, फाल्गुन ८ २०८०

  • काठमाडौं- धनकुटाकाे भेंडेटारमा ६०० केजी गाँजासहित चारजना पक्राउ गरेका छन्। साँगुरीगढी गाउँपालिका ६ भेडेटारस्थित तेल बोक्ने ट्यांकरमा ६०० केजी गाँजा भेटिएको हो।शंका लागेर को १ ख ७३२२  नम्बरको ट्यांकर चेकजाँच गर्दा ६०० केजी गाँजा भेटिएको इलाका प्रहरी कार्यालय, भेटेडारका प्रहरी नायव निरीक्षक जीवन कार्कीले जानकारी दिए।

    ‘ट्यांकर धनकुटाबाट धरानतर्फ जाँदै थियो, शंका लागेर चेकजाँच गर्दा ६०० केजी गाँजा भेटियो, ‘ उनले भने।नायव निरीक्षक कार्कीका अनुसार पक्राउ पर्नेहरूमा एक भारतीयसहित तीन नेपाली रहेका छन्। प्रहरीले यससम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।सोमबार जिल्ला प्रहरी कार्यालय, चितवनले पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय