logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विप्लव बने समाजवादी मोर्चाको संयोजक

विप्लव बने समाजवादी मोर्चाको संयोजक


  • आइतबार, फाल्गुन ६ २०८०

  • काठमाडौँ-चार दलीय समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बनेका छन् । आइतबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो।

    बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेकपाका महासचिव विप्लवले अब मोर्चाको नेतृत्व गर्ने जानकारी दिए।नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए।

    चार-चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार यसअघिका दुवै कार्यकाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्हालेका थिए।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय