logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्रपति पौडेलद्वारा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी उद्घाटन

राष्ट्रपति पौडेलद्वारा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी उद्घाटन


  • शनिबार, फाल्गुन ५ २०८०

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिवार एक समारोहबिच उद्घाटन गरेका छन् । क्यानभासमा रंग लगाएर राष्ट्रपति पौडेलले चित्रकला प्रदर्शनीको उद्घाटन गरेका हुन् ।  सो अवसरमा त्यहाँ राखिएका चित्रकलाको राष्ट्रपति पौडेलले अवलोकन पनि गरेका थिए ।

    कला, संस्कृति र पर्यटन प्रवर्धनको उद्देश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय  चित्रकला  कार्यशाला आयोजना गरेको र चित्रकलाको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन त्यसबाट सहयोग पुगेको जनाइएको  छ  ।

    नेपाल, अस्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, युक्रेन र भियतनामसहित १४ देशका ४३ जना वरिष्ठ चित्रकारहरूको सहभागितामा सम्पन्न भएको चित्रकला कार्यशाला र ५० देशभन्दा बढीका चित्रकारद्वारा सिर्जना गरिएका चित्रसहित वृहत् चित्रकला प्रदर्शनी गरिएको हो ।  सो प्रदर्शनीको माध्यमबाट उक्त नगरपालिका र सिङ्गो देशकै अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउने काममा योगदान पुग्ने विश्वास लिइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय