logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते


  • शनिबार, फाल्गुन ५ २०८०

  • काठमाडौँ ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका- ३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।

    काठमाडाैंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेकोे बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए । घाइतेको विवरण भने आउन बाँकी रहेको छ। बसमा ३० जना तीर्थयात्री सवार थिए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय