logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गीकरणमा महालक्ष्मी विकास बैंक

नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गीकरणमा महालक्ष्मी विकास बैंक


  • शुक्रबार, फाल्गुन ४ २०८०

  • काठमाडौँ । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा जारी गरिएको सुचना बमोजिम संगठित संस्थाको वर्गिकरणमा  “ए” वर्गमा परेको छ ।

    धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पुरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभाशं वितरण गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाहरु “ए” वर्गमा पर्ने ब्यवस्था रहेको रछ ।

    सोही बमोजिम महालक्ष्मी विकास बैंक “ए” वर्गमा पर्न सफल भएको बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय