logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हेमन्त र बिन्दुले ल्याए रोमान्टिक गीत ‘धर्ती माथि जून’

हेमन्त र बिन्दुले ल्याए रोमान्टिक गीत ‘धर्ती माथि जून’


  • शुक्रबार, फाल्गुन ४ २०८०

  • काठमाडौँ । गायक हेमन्त शर्माको स्वर रहेको नयाँ गीत ‘धर्तीमाथि जून’ सार्वजनिक भएको छ । गीतमा शर्मालाई गायिका बिन्दु पौडेलले स्वरमा साथ दिएकी छन् । दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन नरेन्द्र वियोगीको छ । गायक शर्माले ‘उता परेली झिम झिम’ को सफलतापछि गायिका पौडेलसँगको सहकार्यमा नयाँ गीत ल्याएका हुन् ।

    गीतको म्युजिक भिडियोमा अभिनेता अनुपविक्रम शाही र मोडल कविता नेपालीको अभिनय रहेको छ । नवराज उप्रेतीको छायाङ्कन, अमृत चापागाईँको सम्पादन रहेको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय