logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेस केन्द्रीय समिति बैठकमा तीन प्रस्तावमाथि आजदेखि छलफल

कांग्रेस केन्द्रीय समिति बैठकमा तीन प्रस्तावमाथि आजदेखि छलफल


  • शुक्रबार, फाल्गुन ४ २०८०

  • काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत प्रस्तावहरुमाथि शुक्रबारदेखि छलफल सुरु हुँदैछ।उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्तावमाथि शुक्रबारदेखि छलफल सुरु हुन लागेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

    तीनवटै प्रस्तावहरु बिहीबारको बैठकमा पेस भएका थिए। ती प्रस्तावमा शुक्रबार र शनिबार दुई दिन छलफल हुने छ। केन्द्रीय सदस्यहरुले प्रस्तावहरुमाथि आफ्ना धारणा राख्ने र ती धारणाहरुलाई समेत समेटेर प्रस्तावलाई अन्तिम रुप दिने नेपाली कांग्रेसले जनाएको छ।त्यसपछि उक्त प्रस्तावहरु फागुन ७ देखि १० सम्म बस्ने पार्टीको महासमिति बैठकमा प्रस्तुत गर्ने तयारी छ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय