logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


  • बिहिबार, फाल्गुन ३ २०८०

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबार सुनको मूल्य स्थिर रहेर कारोबार सुरु भएको जनाएको छ । महासंघले हिजो बुधबारकै मूल्यमा आज सुनको कारोबार सुरु भएको जानकारी दिएको हो ।

    हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० र तेजावी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ कायम थियो । आज सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    हिजो बुधबार भने सुनको मूल्य घटेर कारोबार सुरु भएको थियो । हिजो बुधबार एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको थियो । सुनको मूल्य स्थिर कायम भएपनि आज चाँदीको भने बढेको छ ।

    महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो । यससँगै, हिजो तोलामा १३ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ कायम भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय