logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

२६ वटा नमुना तरकारी तथा फलफूल खाना अयोग्य

२६ वटा नमुना तरकारी तथा फलफूल खाना अयोग्य


  • मंगलबार, फाल्गुन १ २०८०

  • काठमाडौँ । फलफूल तथा तरकारी बजार विकास समितिको बजार परिसरबाट संकलन गरिएका तरकारीमध्ये २६ वटा नमुना तरकारी तथा फलफूल खानायोग्य नरहेको पाइएको छ । समितिका अनुसार गत आर्थिक वर्षमा २ हजार ४ सय ९४ तरकारीको नमुना परीक्षण गरिएको थियो ।

    सो नमुना परीक्षणबाट २६ वटा नमुनामा खाना योग्य नरहेको हो । यस्तै, १२ वटा  तरकारी तथा फलफूलका नमुना केही दिन पर्खेर खानुपर्ने देखिएको थियो । यस्तै, हरियो २ हजार ४ सय ५६ वटा नमुना परीक्षण खानायोग्य पाइएको छ । समितिको बजार परिसरमा कृषि विभागको केन्द्रीय कृषि प्रयोगशालामार्फत विषादी अवशेष द्रुत परीक्षण विश्लेषण कार्य हुने गर्दछ । विश्लेषणमा कार्वामेट र अर्गानोफस्फेटको रोकावट दर मापन गरिन्छ ।

    मापनमा ३५ प्रतिशत भन्दा कम भए उपभोगयोग्य, ३५–४५ प्रतिशतसम्म भए केही दिन पर्खने र ४५ प्रतिशत भन्दा बढी भएमा बिसर्जनयोग्य हुन्छ । सो विश्लेषणको आधारमा उपभोग अयोग्य देखिएका वस्तुलाई नियन्त्रणमा लिने र नष्ट गर्ने कार्यमा समितिले सहजीकरण गर्दै आइरहेको जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय