logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

लेभल–२ कोचिङ कोर्स उत्तीर्ण गरे ज्ञानेन्द्र मल्ल र शक्ति गौचनले

लेभल–२ कोचिङ कोर्स उत्तीर्ण गरे ज्ञानेन्द्र मल्ल र शक्ति गौचनले


  • मंगलबार, फाल्गुन १ २०८०

  • काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आफ्नो समयका प्रभावशाली खेलाडी शक्ति गौचनसहित तीन जनाले आईसीसी लेभल–२ कोचिङ कोर्स उत्तीर्ण गरेका छन् ।

    ज्ञानेन्द्र र शक्तिसँगै रिजन पराजुलीले पनि आईसीसी लेभल–२ कोचिङ कोर्स उत्तीर्ण गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । रिजन गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक हुन् । तीनैजनाले सिंगापुरबाट आईसीसी लेभल–२ कोचिङ कोर्स पूरा गरेका हुन् ।

    पूर्वकप्तान ज्ञानेन्द्रले सबैभन्दा माथि रहेर आईसीसी लेभल–२ कोचिङ कोर्स पूरा गरेका हुन् । आईसीसी लेभल–२ कोचिङ कोर्सको अन्तिम नतिजामा शक्ति दोस्रो र रिजन तेस्रो स्थानमा रहेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय