logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

टुँडिखेल नपाएपछि प्रसाईंले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने

टुँडिखेल नपाएपछि प्रसाईंले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने


  • सोमबार, माघ २९ २०८०

  • काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले फागुन १ मा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रसाईँले यसअघि काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्न प्रशासनसँग अनुमतिका लागि निवेदन दिएका थिए । तर उक्त स्थान खाली नभएपछि भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न अनुमति दिएको हो ।

    प्रसाईँले फागुन १ गते भ्रष्ट बिचौलिया र तस्करहरूको नाङ्गेझार गर्ने जनाएका छन् । साथै उनले कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत सहभागी गराउने दाबी गर्दै आएका छन् । प्रसाईंले व्यवस्था परिवर्तन गर्ने भन्दै यसअघि पहिलोपटक गत मङ्सिर ७ गते काठमाडौँको बल्खुमा कार्यक्रम गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय