logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

ललित राजवंशीले लिए क्यानडाको चौथो विकेट

ललित राजवंशीले लिए क्यानडाको चौथो विकेट


  • सोमबार, माघ २९ २०८०

  • काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडाको चौथो विकेट लिएको छ । नेपाली बलर ललित राजवंशीले क्यानडाको चौथो विकेट लिएका हुन् । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाललाई ५० रनको ब्यक्तिगत स्कोरमा आउट गरे ।

    ललितले नवनितलाई आकाश चन्दद्वारा क्याच गराएका थिए । अर्धशतकीय पाली खेल्ने क्रममा नवनितले ८२ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । २७ औँ ओभरको अन्तिम बलमा नवनित आउट हुँदा क्यानडाले एक सय एक रन बनाएको छ ।  शृंखलाको तेस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको छ ।

    यसअघि नेपाल शृंखलाको पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो । यही खेलमार्फत नेपालका हेमन्त धामीले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका छन् । उनी पहिलो पटक सिनियर टोलीबाट मैदानमा ओर्लिएका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय